चिनियाँ जनमुक्ति सेनाका एक उच्च कमाण्डरले अात्महत्या गरेका छन् ।आफूविरुद्ध अनुसन्धान सुरु भएपछि  ती अधिकारीले आत्महत्या गरेका हुन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनको सैन्य आयोगका सदस्य चाङ याङले गत बिहीबार बेइजिङस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। ६६ वर्षीय याङले झुण्डिएर आत्महत्या गरेका हुन्।

भ्रष्टाचारमा मुछिएका पूर्वसैन्य अधिकारी गुओ बोसियोङ र सु कोइहोउसँगको सम्बन्धलाई लिएर उनीमाथि अनुसन्धान थालिएको थियो।

यी दुबै पूर्वसैन्य अधिकारी राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरोधी अभियानका क्रममा पक्राउ परेका थिए।

दोषी ठहर भएपछि गुओलाई आजीवन काराबास सजाय तोकिएको छ भने अदालतको निर्णय नआउँदै सुको निधन भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार