उत्तर काेरिया मामिलामा अमेरिका युद्ध भड्काउन चाहिरहेकाे भन्दै रूसले कडा शव्दमा अमेरिकी हर्कतकाे विराेध गरेकाे छ ।
रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले कडा शव्दमा अमेरिका युद्ध चाहिरहेकाे अाराेप लगाएका छन्। उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको गंभीर आरोप छ ।
विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।
पछिल्लो समय उत्तर कोरिया अमेरिका लगायत अमेरिकाका गठबन्धन मुलुकहरू बीचको सम्बन्धलाई कुटनीतिक रुपमा नै समाधान गर्नुपर्ने मन्त्री लाभारोभले जिकिर गरे।
संयुक्त राष्ट्रसंघले अमेरिकाको आग्रहमा उत्तर कोरियामाथि गरेको आर्थिक नाकाबन्दी अर्थहीन रहेको रुसले बताउँदै आएको छ।
उत्तर कोरियाले केही दिनअघि जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र अहिले सम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र भएको दाबी समेत उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्।







