अमेरिकाले इजरेल र प्यालेस्टाइनबीचको शान्ति सम्भावनालाई राष्ट्र संघले गंभीर क्षति पुर्याएको आरोप लगाएकाे छ।

अमेरिकी राजदूत निक्की हेलीले राष्ट्र संघलाई यस्ताे अाराेप लगाएकी हुन् । “इजरेलप्रति शत्रुता प्रकट गर्ने संसारका विभिन्न संस्थामध्ये सबभन्दा अगाडि राष्ट्रसंघ रहेकाे छ” हेलीले भनिन्।

यता अमेरिकाले इजरेलकाे राजधानी  जेरूसेलमलार्इ मान्यता दिएकाे भन्दै प्यालेस्टिनीहरू अान्दाेलनमा छन् । प्यालेस्टिनी लडाकुहरुले इजरेली भूभागमा रकेट प्रहार गरेपछि इजरेलले गाजा स्ट्रिप लक्षित हवाई कारबाही गरेको छ जसमा कैयौँ घाइते भएका छन्।

शुक्रवार झडप हुँदा इजरेली फौजले गाजाको भीडमा गोली हानेपछि दुईजना प्यालेस्टिनी पुरुष मारिएका थिए।

उक्त क्षेत्रप्रति दशकौं लामो अमेरिकी तटस्थता विपरीत ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा अमेरिकाले मान्यता दिने घोषणा गरेपछि मध्यपूर्वमा तनाव चुलिएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार