अम्बिका चन्द, राताेखबर संवाददाता ।

महान् क्रान्तिकारी नेता चे ग्वेभारा अहिले पनि लाखौं युवा र श्रमिक जनताको हृदयमा रहेका छन् ।

फिडेल क्यास्ट्रो र चे ग्वेभारा को नेतृत्वमा क्युवामा सर्वहारा क्रान्ति सम्पन्न भएको थियो । क्रान्ति पश्चात् चेलाई मन्त्री पदको प्रस्ताव गरियो तर चे बोलिभियामा क्रान्तिको नेतृत्व गर्न गए । तर क्युवामा जसरी चेलाई बोलिभियामा सफलता मिलेन । अमेरिकी साम्राज्यवादद्वारा प्रशिक्षित सेनाले उनलाई कब्जा गरेर हत्या गर्‍यो ।

कयौं वर्षसम्म उनकाे हत्याको खबर लुकाइयो । अहिले उनको चिहान खोतलेर मृत्युका धेरै रहस्यहरु सार्वजनिक भएका छन् ।

चे र क्यास्ट्रोले क्रान्ति सम्पन्न गरेपछि मात्र क्युवामा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यसपछि मात्र चे र क्यास्ट्रो कम्युनिस्ट रहेछन् भन्ने कुरा बाँकी दुनियाँले थाहा पायो । चेको कार्यदिशालाई कतिपयले फोकोवाद भन्छन् ।

उनै चर्चित क्रान्तिकारी नेता चे ग्वेभाराका सुपुत्र कामिलो गुभारा (Camilo Guveara) केही दिनअघि बेल्जियम भ्रमणमा थिए । सार्वजनिक चर्चा नगरी ब्रसेल्स भ्रमणमा रहेका कामिलोसँग नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका विष्णु भुजेल, शेरबहादुर छम्त्याल, शुशिला पराजुली, अनिता छम्त्याललगायतले स्वागत गरेका थिए ।

सो संगठनले कामिलासँग भेटघाट, अभिनन्दन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कामिलासँग भातृत्व प्रकट गरेर ब्रसेल्सका नेपालीले चे र क्रान्तिप्रतिको आस्था जनाएका थिए ।

ब्रसेल्समा केही समयअघि अ्न्तराष्ट्रिय समाजवादी मंचद्धारा जारी कार्यक्रममा चेका छाेराले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार