महान क्रान्तिकारी नेता चे ग्वेभारा अहिले पनि लाखौं युवा र श्रमिक जनताको हृदयमा रहेका छन् ।

फिडेल क्यास्ट्रो र चे ग्वेभारा को नेतृत्वमा क्युवामा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । क्रान्ति पश्चात् चेलाई मन्त्री पदको प्रस्ताव गरियो तर चे बोलिभियामा क्रान्तिको नेतृत्व गर्न जानुभयो । तर क्युवामा जसरी चेलाई बोलिभियामा सफलता मिलेन । अमेरिकी साम्राज्यवादद्वारा प्रशिक्षित सेनाले उनलाई कब्जा गरेर हत्या गर्‍यो । कैयौं वर्षसम्म वहाँको हत्याको खबर लुकाइयो ।

अहिले उनको चिहान खोतलेर मृत्युका धेरै रहस्यहरु सार्वजनिक भएका छन् । चे र क्यास्ट्रोले क्रान्ति सम्पन्न गरेपछि मात्र क्युवामा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यसपछि मात्र चे र क्यास्ट्रो कम्युनिस्ट रहेछन् भन्ने कुरा बाँकी दुनियाँले थाहा पायो । चेको कार्यदिशालाई कतिपयले फोकोवाद भन्छन् ।

सेमिनारमा चेका छाेरा कामिलाे ग्वेभारा ।

उनै चर्चित क्रान्तिकारी नेता चे ग्वेभाराका सुपुत्र कामिलो ग्वेभारा (Camilo Guveara) केही दिनअघि बेल्जियम भ्रमणमा थिए । बेल्जियम भ्रमणमा रहेका कामिलोसँग नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका विष्णु भुजेल, बदन योङहाङ, मेख गुरुङ, शेरबहादुर छन्त्याल, माकुना राइ, इश्वर पाठक, अनिता छन्त्याल लगायतले भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।

कामिलासँग भातृत्व प्रकट गरेर ब्रसेल्सका नेपालीले चे र नेपाली क्रान्तिप्रतिको आस्था जनाएका थिए ।

अमेरिकाले क्युबा माथि लगाएको अमानवीय नाकाबन्दी विरुद्ध युरोपियन संसदभवनमा आयोजना गरिएको कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले पनि एेक्यबद्धता जनाएको थियो ।

त्यस कार्यक्रममा यूरोलाटका अध्यक्ष गाबी जिम्मर उपाध्यक्ष जोअो लोपेस क्युबाका राजदूत नोर्मा एस्तोनोज, डा. एगुईनो सेलमान, प्रोफेसर एरिक डेविड र कामिलो ग्वेभाराले अमेरिकी दादागिरी र क्युबामाथि लगाइएको आर्थिक नाकाबन्दीको बिरोध गरेका थिए ।

सो कार्यक्रममा कामिलोले चे ग्वेभाराको बारेमा बनाईएको चालिस मिनेट लामो डकुमेन्ट्री प्रदर्शन गरेका थिए ।

अायाेजक मन्डली ।

सेमिनारमा जुनिएर चे मन्तव्य राख्दै ।

सेमिनारमा सहभागीहरू ।

चेका छाेरासँग नेपाल जनप्रगतिशील माेर्चाका पदाधिकारीहरू ।

सेमिनारमा सहभागी जनप्रगतिशील माेर्चाका अध्यक्ष भुजेलसहित पदाधिकारीहरू ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार