अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि शर्तबिना उत्तर कोरियासँग सिधा वार्ता गर्न अाफ्नाे देश इच्छुक रहेको बताएका छन्।

प्योङयाङको परामाणु कार्यक्रम नियन्त्रणबारे मात्र वार्ता गरिने अडान अमेरिकाले राखिरहनु यथार्थपरक नहुने धारणा टिलरसनले राखेका छन्। उत्तर कोरियाले त्यस कार्यक्रममा ठूलो लगानी गरिसकेकाले वार्ताको मार्गचित्र निर्धारण गर्न जुनसुकै विषयमा छलफल गर्न सकिने उनको भनाई छ।

विगतमा पनि टिलरसनले वार्ताका सम्भावित शर्तहरुको कुरा राखेका थिएनन् तर उनको पछिल्लो भनाईले नयाँ कुटनीतिक वातावरण बनाउन सक्ने अपेक्षा गरिएको छ।

आफ्नो धारणा राख्ने क्रममा उनले उत्तर कोरियासँग कुनै पनि किसिमको प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताए।

उनले भने, “भेटेर त हेरौँ र उनीहरु चाहन्छन् भने मौसमका बारेमा कुराकानी गरौँ, तर के हामी बसेर एकअर्कालाई प्रत्यक्ष रुपमा हेर्नसक्छौँ? त्यसपछि हामी कुराकानीमा कस्ता आपसी विषय समेट्ने भन्ने मार्गचित्र तय गर्नसक्छौँ।”

 

पछिल्लो धारणाले वार्ताका लागि उत्तर कोरिया शुरुमा निशस्त्र हुनुपर्ने भन्ने अमेरिकी धारणामा केहि परिवर्तन आएको देखिन्छ।

तर अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पको दृष्टिकोण नबदलिएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार