
चीनले विकास गरेको विश्वकै सबैभन्दा ठूलो ‘उभयचर बिमान’ एजी ६०० ले आइतबार साउथ चाइना समुद्रको किनारामा रहेको एउटा विमानस्थलबाट आफ्नो पहिलो उडान भरेको छ ।
यो विमानले पारम्परिक विमानस्थलहरु प्रयोग गर्न सक्छ भने समुद्रबाटै पनि उडान र अवतरण गर्न सक्छ । जमीन र पानी दुवैमा अवतरण गर्न सक्ने क्षमताको संसारकै सबैभन्दा ठूलो विमान निर्माण गरेको चीनले त्यसको सफल उडान परीक्षण पनि गरेको छ।
यसलाई बोइङ ७३७ को नाम एजी ६०० दिइएको छ।
उक्त जहाजले ग्वाङडोङ राज्यको जुहाइ विमानस्थलबाट पहिलो पटक उडान भरेको थियो। जहाज उडानको बेला सेनाको धुन बज्नुका साथै चिनियाँ झण्डा फहराइएको थियो।
उडान अवधि एक घन्टाको रहेको बीबीसीले जनाएको छ। समुद्रमासमेत गुड्ने जहाजमा ५० जना मानिस अट्ने क्षमताको रहेको छ भने १२ घण्टासम्म उडिरहन सक्छ।
आगलागी नियन्त्रण, समुद्री विपद्का बेला उद्दारका लागि तयार पारिएको उक्त जहाज सैनिक गतिविधिका लागिसमेत उपयोगी हुने छ। जहाज निर्माण ८ वर्षअघिबाट थालिएको थियो। चीनले यस्ता १७ वटा जहाज बनाउन अर्डर गरिसकेको छ।

चीनले बनाएकाे विश्वकै ठूलो ‘उभयचर’ विमान ।

चीनले बनाएकाे विश्वकै ठूलो ‘उभयचर’ विमान ।

चीनले बनाएकाे विश्वकै ठूलो ‘उभयचर’ विमान ।








