उत्तर कोरिया र दक्षिण कोरियाबीच ठूलो विवाद छ । दुई देशबीचको सम्वन्धका कारण बेलाबखतमा विश्व युद्ध नै हुन लागेको लक्षण समेत देखिने गरेको छ ।

उत्तर कोरियामा कम्युनिष्ट शासन छ । किम जोन उनलाई नचिन्ने सायदै कम होलान् ।

होचा कदका मोटा उत्तर कोरियाली शासक किम एकाएक दक्षिण कोरियाको सडकमा भेटिदा अनौठो मान्नु स्वभाविक हो ।

दक्षिण कोरियाको सडकमा कालो लामो सुट, कालो चस्मा लगाएको किमलाई देख्दा धेरै मानिस आश्चर्यमा परे । उनीहरुले किमको फोटो खिचे । केहीले किमलाई आएर तानाशाह भन्दै गाली पनि गरे । तर, उनी वास्तविक किम जोन उन थिएनन् ।

उनी त किम जोन जस्तै देखिने दक्षिण कोरियाली नागरिक थिए । उनी ड्रयागन किम हुन् । उनले किमबाट अाफु प्रभावित भएर उनकाे अनुहारलार्इ क्यारिकेचर गर्न खाेजेकाे बताएका छन् ।

जसको वास्तविक नाम मिनयोङ किम हो जसले उत्तर कोरियाली शासक किम जोन उन जस्तै देखिने पोशाकमा आफूलाई उतार्ने प्रयास गरेका छन् ।

https://youtu.be/Cnsy1YY7rvQ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार