
उत्तर कोरियाली नेता किम जङ-अनले सम्पूर्ण अमेरिकी मूलभूमिमा प्रहार गर्न सक्ने सामर्थ्य भएका परमाणु अस्त्र उत्तर कोरियाले विकास गरिसकेकाले अब वाशिङटनले कहिल्यै पनि युद्ध शुरु नगर्ने बताएका छन्।
उनले उत्तर कोरियाको सुरक्षामाथि जोखिम नभएसम्म परमाणु अस्त्रको प्रयोगको आदेश नदिने उल्लेख गरेका छन्। आफ्नो देश परमाणु अस्त्रसम्पन्न भएको दोहोर्याउँदै त्यसको ‘बटन’ अाफुसँग मात्र रहेको चेतावनी दिएका छन्।
उनले भने, “परमाणु अस्त्रको बटन जतिबेला पनि मेरो साथमै हुन्छ।” किमले आफूले भनेका कुरा धम्की मात्र नभई वास्तविकता भएको पनि उल्लेख गरेका छन्।
दक्षिण कोरियाका बारेमा सकारात्मक धारणा राख्ने क्रममा किमले वार्ताका लागि आफू सकारात्मक भएको बताए।
एउटा अवज्ञाकारी सन्देशमा किमले सम्पूर्ण अमेरिका अब आफ्नो परमाणु अस्त्रको पहुँचमा रहेको भन्दै अमेरिकाले कहिल्यै पनि युद्ध शुरु गर्न नसक्ने बताए।







