
दुई वर्षपछि उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्च स्तरमा वार्ता सम्पन्न भएको छ ।
आज मंगलबार भएको दुई कोरियाका उच्च स्तरीय प्रतिनिधिमण्डलबीच भएको छलफलमा सीमा तनाव कम गर्नेदेखि उच्च स्तरमा सैन्य वार्तासमेत गरिने सहमति भएको छ ।
आसन्न फरवरीमा दक्षिण कोरियामा हुने सन् २०१८ को शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले आफ्नो खेलाडी पठाउने सहमति गरेको छ ।
आज भएको वार्तामा दुई वर्ष पहिले निलम्बन गरिएका सैन्य हटलाइनलाई पुनस्थापित गर्ने सहमति समेत भएको छ ।
आज भएको दुई देशको उच्च स्तरको वार्ताले कोरियाको एकीकरण गर्ने कयौं मुद्धामा सकारात्मक सन्देश दिने विश्लेषकहरुको राय रहेको छ ।







