सन् २०१८ मा भारतसँग संभावित सीमा विवादबाट उत्पन्न हुने खतरालाई सामना गर्न चीनले आफ्नो सैन्य सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ ।
द्धिपक्षीय सम्वन्धमा देखा परेको प्रतिकुल दृश्यलाई आंकलन गरेर चिनियाँ अधिकारीहरुले विवादित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य शक्ति खडा गर्ने भएका छन् ।
चिनियाँ समाचार एजेन्सी ग्लोबल टाइम्सका अनुसार सोमबार मात्र एक चिनियाँ विशेषज्ञले भारतको सीमा क्षेत्रमा १५ बटालियन तैनाथ गर्ने योजना रहेको बताएका छन् ।
चीन र भारतको सबैभन्दा विवादित भूमि दोक्लामबारे अझै अनिर्णित भइरहँदा चीनले आफ्नो सुरक्षा रणनीतिलाई सुदृढ बनाउन लागेको हो ।
चिनियाँ सुरक्षा विज्ञहरुको यो पछिल्लो सुरक्षा रणनीतिले चीन र भारतबीच थप द्धन्द्ध चर्किने विश्लेषण गर्न थालिएको छ ।







