सन् २०१८ माे मार्चमा हुने राष्ट्रपतीय निर्वाचनमा व्लादिमिर पुतिनको राष्ट्रपति पदको समर्थनमा छाेटाे सयमा  १५ लाख भन्दा धेैरै मतदाताहरूले हस्ताक्षर गरेका छन् ।
रसियाली समाचार एजेन्सी टासका अनुसार शुक्रबार जारी गरिएकाे एक चुनावी सर्वेक्षणबाट पुटिनकाे पक्षमा लाेकप्रिय मत खसेकाे हाे ।
 जुन सार्वजनिक गरिएकाे मतमा १५ लाख ३ हजार ८ सय ८१ मत खसेकाे छ ।
“यसले व्यापक लोकप्रिय समर्थन गर्दछ। मानिसहरू सक्रिय रूपमा उनीहरूको हस्ताक्षर उपलब्ध गराउँदै आएका छन्, सम्पूर्ण परिवारहरू आए।” टास समाचार एजेन्सीले उल्लेख गरेकाे छ ।
टासका अनुसार केही महिनाभित्र गरिएकाे पुटिन समर्थन हस्तक्षरमा यतिधेरै लाेकप्रिय मत व्यक्त भएकाे हाे । शुक्रबार नै एक बैठकबाट पुटिनले साे हस्ताक्षर कार्य राेक्न लगाएका थिए ।
जनमत सर्वेक्षण टाेलीका अधिकारी कोगोगिनका अनुसार अभियान टोलीले ७६ रसियाली क्षेत्रहरूमा एकत्रित हस्ताक्षर प्राप्त गरेको छ ।
चार पटक राष्ट्रपतीय निर्वाचनमा प्रतिस्प्रधा गरेर निर्वाचित पुटिन फेरि निर्वाचनबाट शक्तिमा अाउन खाेजिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार