चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले चिनियाँ विशेषता सहितको समाजवादलाई सी जिन पिङ विचारधाराको रुपमा संविधानभित्र लेख्न प्रस्ताव गरेको छ ।
शुक्रबार सम्पन्न १९ औं चीकपाको केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकद्धारा यस्तो प्रस्ताव गरिएको छ ।
आसन्न संविधान संशोधन हुन गइरहेको बेला चीकपाको विस्तारित बैठकले सीद्धारा अगाडि सारिएका मुख्य सैद्धान्तिक उपलिव्धहरु, सिद्धान्तहरु र नीतिहरुलाई आत्मसात गर्ने गरी संविधानमा समावेश गर्न चीकपाले यस्तो प्रस्ताव गरेको हो ।
पत्रकार सम्मेलनमा जारी गरिएको जानकारीअनुसार चीकपाको नयाँ उपलव्धि, अनुभव र पार्टी अनि राष्ट्रको विकासको आवश्यकतालाई मध्यनजगर गर्दै संशोधित संविधानमा अनिवार्य राख्न थालिएको छ ।
‘हामी समयको साथ तालमेल गर्न चाहन्छौं र संविधानमा सुधार गर्न चाहन्छौं ।’ चीकपाको दस्तावेजमा भनिएको छ ।
चीकपा केन्द्रीय समितिले जोड दिएको छ- ‘चीकपाको १९ औ राष्ट्रिय महाधिवेशनको मर्मलाई पूर्णरुपले चिनियाँ विशेषताको समाजवादको महान् झण्डामा उच्च रुपमा समाऔं ।’
पत्रकार सम्मेलनमा भनिएको छ, ‘संशोधित प्रक्रियाअनुसार माक्र्सवाद, लेनिनवाद, माओ विचारधार, देङ स्याओ पिङ थ्यौरी र नयाँ युगलाई नेतृत्व गर्न चिनियाँ विशेषताको समाजवादमा सी जिन पिङ विचारधारालाई जोड्नु पर्छ’







