फिलिपिन्स सरकारले माओवादी सेनाका सदस्यहरुलाई आत्मसमर्पण गरेर पैसा, घर र जागरिका लागि गरेको आव्हानलाई अस्वीकार गरिदिएका छन् ।
फिलिपिन्स सरकारले लिएको विस्तृत स्थानीय एकीकृत कार्यक्रमअन्तर्गत माओवादी सेनाका सदस्यहरुलाई आकर्षक प्रलोभनहरु देखाएको भन्दै माओवादी पार्टीले यस्तो कार्यक्रमलाई खारेज गरिदिएको छ ।
रेडस्पार्क वेभसाइटमा प्रकाशित समाचारअनुसार कम्युनिस्ट पार्टी फिलिपिन्सको सूचना व्युरोले जारी गरेको विज्ञेप्तीमा आफ्ना राता सेनाहरुले प्रतिक्रियावादी सेनाको सदस्य बन्न कहिल्यै मन नपराउने बताएका छन् ।
प्रतिक्रियावादी सरकारले माओवादी सेनाका सदस्यहरुलाई उच्च तलबको आश्वासन, सुरा सुन्दरीसहित चर्चित बनाउने घोषणालाई जनसेनाका सदस्यहरुले अस्वीकार गरेको माओवादी पार्टीले बताएको छ ।
माओवादी सेनाहरु निस्वार्थी र मानवीय हितका लागि सेवामा रहने पनि पार्टीले विज्ञेप्तीमार्फत स्पष्ट पारेको छ ।







