जनवरी १५ का दिन संविधान सभामा राज्यको नाममा सम्बोधन गर्दै भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोले २०१७ को वर्ष महत्वपूर्ण सामाजिक उपलब्धि तथा देशबाहिर र भित्रका दक्षिणपन्थीहरूले चलाएको गैरपरम्परागत युद्धविरुद्ध महत्वपूर्ण प्रगतिको वर्ष भएको उल्लेख गरेका छन् ।

राष्ट्रको नाममा वार्षिक सम्बोधन गर्दै भेनेजुयाली राष्ट्र प्रमुख माडुरोले भेनेजुयाली जनताको प्रजातन्त्रिक भावना र वर्षभरमा शान्ति स्थापनाका निम्ति जनताले पु¥याएको योगदानको उच्च प्रशंसा गरे।

संविधानसभा, प्रान्तीय र स्थानीय तहको निर्वाचनको माध्यमद्वारा संरा अमेरिका समर्थित दक्षिणपन्थी विपक्षीहरूको विरोध र हिंसात्मक सडक प्रदर्शनलाई परास्त गरी बोलिभारियाली क्रान्तिले सफलता हासिल गरेको सो अवसरमा उहाँले उल्लेख गरे । सम्बोधनका क्रममा राष्ट्रपति माडुरोले जुलाई २०१७ मा राष्ट्रिय संविधान सभाको स्थापना देशव्यापी निर्वाचनको माध्यमद्वारा हुनु देशको निम्ति ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसबाट देशको संविधान र संस्थाहरूको पुनर्उद्धार गर्न बाटो खुलेको बताए  ।

डिसेम्बर २०१५ को निर्वाचनद्वारा गठित विपक्षीहरूको बहुमत रहेको देशको राष्ट्रिय सभा (संसद) गणतन्त्रको २ सय वर्षको इतिहासमा सबैभन्दा असफल राजनीतिक अभ्यास भएको चर्चा गर्नुभयो । भेनेजुयाली राष्ट्रपतिले संसदले निरन्तर रुपमा संविधान र सर्वोच्च अदालतको रुलिङहरूको उल्लङ्घन गरिरहेकोलाई गैरकानुनी र गैरसम्बैधानिक भन्दै निन्दा गरे ।

यस वर्ष २०१८ को उत्तरार्धमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनबारे उल्लेख गर्दै उनले विपक्षीहरू यस प्रजातान्त्रिक प्रक्रियाबाट भाग्न खोजिरहेको तर भेनेजुयाली जनता र बोलिभारियाली क्रान्तिप्रति आफ्नो पूर्ण विश्वास रहेकोमा पुनः जोड दिए ।

राज्य सञ्चालित तेल उद्योग पीडीभीएसएसित सम्बन्धित भ्रष्टाचार काण्डबारे टिप्पणी गर्दै भेनेजुयाली राष्ट्रपति माडुरोले उक्त काण्ड भ्रष्ट माफियाहरूको सञ्जालमार्फत देशको तेल उद्योगलाई असफल बनाउने र समाप्त पार्ने गोप्य दुष्प्रयास र आन्तरिक षडयन्त्रको शिकार भएको बताए ।

भ्रष्टाचारविरुद्ध सफाई अभियानको सुरुवातका लागि उहाँले महान्यायधिक्क्ता तारेक विलियम सावको पनि प्रसंशा गरे ।

वार्षिक समीक्षा र २०१८ को निम्ति अनुमान

सम्बोधनका क्रममा राष्ट्रपति माडुरोले गत वर्षको उपलब्धिहरूको समीक्षा र सन् २०१८ को अनुमान अगाडि सारे ।

सन् २०१७ मा सामाजिक लगानी ७४.१ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै सामाजिक लगानी, सामाजिक उपलब्धिहरू र राजनीतिक उपलब्धिहरू हासिल भएको चर्चा गरे। त्यसबाट देशलाई नयाँ वर्षको नयाँ भविष्यको योजना कोर्न उपयुक्त परिवेश सिर्जना भएको बताए ।

कमाण्डर हयुगो चाभेजले अगाडि सारेको भेनेजुयलाको महान आवास योजना (जीएमभीभी) बारे टिप्पणी गर्दै राष्ट्रपति माडुरोले युवा, मजदुर र मध्यन वर्गलाई सम्लग्न गरी २० लाख आवास निर्माण पूरा गर्ने लक्ष्य हासिल गर्न बृहत योजना निर्माण गरिएको उल्लेख गरे  ।

शिक्षाको सुधारका लागि देशभरका सबै शिक्षकहरूको प्रतिनिधित्व हुने गरी राष्ट्रिय बेठक आयोजना गर्ने र त्यसले राष्ट्रिय शिक्षा योजना निर्माण गर्ने र त्यसै क्रममा महत्वपूर्ण घोषणाहरू गरिने उल्लेख गरे ।

सोही क्रममा ग्रेर होम्स अफ दि होमल्याण्ड मिसन, जसबाट १५ लाख भेनेजुयाली परिवार लाभान्वित भएका छन्, विशेष अनुदान कार्यक्रम ४० लाख परिवारका लागि विस्तार गरिएको राष्ट्रपति माहुरोले जानकारी दिए ।

राष्ट्रपति माडुरोले सबै ज्येष्ठ नागरिकहरूले होमल्याण्ड आई.डी कार्ड प्रणालीमार्फत निवृत्तिभरण (पेन्सन) पाउने घोषणा गरे ।

उनले देशको उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न मूल्यसम्बन्धी नयाँ ऐन लागू गर्न र महान सार्वभौमिकता तथा आपूर्ति योजना सुरक्षा गर्न आह्वान गरे । देशव्यापी अभावलाई सम्बोधन गर्न राज्य खाद्यान्न तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिंदै उनले सबै वस्तु र मूल्यको नियमन गर्न अत्यावश्यक कार्य अविलम्ब थालनी गरिने बताए ।

राष्ट्रपति माडुरोले देशको नयाँ डिजिटल मुद्रा (पेट्रो) संरा अमेरिका र त्यसका भित्र मण्डलीको प्रभुत्वभएको वित्तीय संसारले सिर्जना गरेको समस्याको निम्ति बोलिभारियाली क्रान्तिको समाधान भएको बताए ।

अनलाइनमजदुरका लागि प्रकाशले तयार पारेकाे सामाग्री ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार