भारतमा सरकारी सुरक्षा फाैज र माअाेवादी  सेनाबीच भएकाे दाेहाेराे भिडन्तमा ५ सुरक्षाकर्मीकाे घटनास्थलमा र एक दर्जन घाइते भएका छन् ।

भारतको छत्तीसगढ राज्यको  नारायणपुर जिल्लाको अबुजमाद जंगल क्षेत्रमा  माओवादी दमन अभियानमा खटिएको विशेष केन्द्रीय टास्क फोर्स र स्थानीय रिजर्भ फोर्सको संयुक्त टोली र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाबीच बुधवार बिहान ११ बजे भएको दोहोरो भिडन्त भएकाे हाे ।

भिडन्तमा २ जना सब-इन्स्पेक्टर, २ जना हवाल्दारसहित विशेष टास्क फोर्सका ५ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य १२  जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् । १२  जनामद्ध्ये पनि २ जना बाच्न सक्ने स्थितिमा नरहेको कुरा समाचार माध्यमहरूले जनाएका छन् ।

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरबाट  लागिएको र भिडन्तमा मर्नेको संख्या अझ बढी हुन् सक्ने कुरा समाचार माध्यमहरूले जनाएका छन् । ३ घन्टासम्म चलेको भनिएको सो भिडन्तमा ६० जना सरकारी फोर्स  रहेको र माओवादीको ६ नम्बर कम्पनी संलग्न रहेको भनेर भारतीय माध्यमहरूले जनाएका छन् ।

गत वर्ष यसै क्षेत्रमा ३७ जना सरकारी फोर्सको मृत्यु भएको थियो । भारतीय सत्ताधारी वर्गले मनाउने गरेको गणतन्त्र दिवशको २ दिनअघि याे घटना भएकाे हाे ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार