क्युबाली क्रान्तिका नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराले आत्महत्या गरेका छन् ।

क्युबाली सञ्चार माध्यामलाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार फिडेल क्यास्ट्रोका जेठा छोरा ‘फिडेल कयास्ट्रो डायज बलार्ट’ले बिहीबार बिहान आत्महत्या गरेका हुन् ।

केही महिनादेखि डिप्रेसनको बिरामी रहेका क्यास्ट्रोलाई डाक्टरहरुको समूहले उपचार गरिरहेको खबरमा जनाइएको छ । डिप्रेसनको बिरामीका कारण सधैं दुखी भइरहने उनलाई बिहीबार बिहान चिकित्सकले उपचार गर्ने बित्तिकै आत्महत्या गरेका थिए ।

डिप्रसनको समस्या देखिएपछि सुरुमा हस्पिटल भर्ना गरिएका उनलाई पछिल्लो समय घरमै उपचार गरिदै आएको बताइएको छ ।
६८ बर्षका जुनियर क्यास्ट्रोलाई ‘फिडेलो’ नामले चिनिने गर्थ्यो।

उनलका पिता फिडेल क्यास्ट्रोले क्युबामा अमेरिकाको संरक्षणमा रहेको निरंकुश सरकारविरुद्ध सशस्त्र क्रान्ति गरी सन १९५९ मा जनपक्षीय शासन स्थापना गरेका थिए । फिडेल क्यास्ट्रोले सन १९५९ देखि १९७६ सम्म प्रधानमन्त्रीको रुपमा र १९७६ देखि २००८ सम्म राष्ट्रपतिको रुपमा क्युबाको नेतृत्व गरेका थिए ।

९० वर्षको उमेरमा २६ नोभेम्बर २०१६ मा उनको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार