
भारतीय सरकारले भारतीय अाफ्ना शुभचिन्तक र कार्यकर्ताहरूमाथि क्रुर दमनकाे बाटाे अवलम्बन गरेकाे भन्दै भारतीय माअाेवादीले बन्दकाे अाव्हान गरेका छन् ।
छत्तिसगढ राज्यको नारायणपुर जिल्लामा भएको एम्बसु घटनापछि फासिवादी मोदी सरकारले माओवादीहरूका विरुद्ध अपरेसनका गर्ने नाममा ग्रामीण क्षेत्रमा आतङ् मच्चाइरहेको अवस्थामा भाकपा (माओवादी) को आन्ध्र-ओडिसा स्पेसल जोनल कमिटीले यही फ्रेब्रवरी ५ तारिखका दिन ‘फासिवादी दमनका विरुद्ध प्रतिरोध अभियान’ भन्दै तेलङ्गना–दण्डकारण्य बन्दको आह्श्वान गरेको छ ।
बन्दको तयारीको क्रममा पर्चा-पोस्टिरिङ गर्नुका साथै बहुराष्ट्रिय कम्पनीका गाडीहरू ध्वस्त पार्ने तथा जनताका विरुद्ध जासुसी गर्नेहरू, क्रान्तिका भगौडाहरूका साथै जनतालाई आतङ्कित पार्ने गुन्डा दल विरुद्धको कारबाहीलाई पनि तीव्र बनाएको छ ।
यसै क्रममा आचदिवासी क्षेत्र, त्यसमा पनि आन्ध्र-ओडिसा क्षेत्रको विकासका नाममा मलकानगिरी क्षेत्रमा स्थापित विदेशी कम्पनीसित सम्बद्ध संस्थाका २८ ओटा गाडीहरू जलाएर माओवादी छापामारहरूले ध्वस्त पारिदिएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जनमेलबाट ।







