
भेनेजुयलाको सत्ताधारी दलले वर्तमान् राष्ट्रपति मडुरोलाई आगामी निर्वाचनमा राष्ट्रपतिका लागि पुन उम्मेदवारका रूपमा अघि सारिसकेकाे छ । त्यसका लागि उनको दलका उपाध्यक्ष डियोडाडो सावेलोले यस्ताे जानकारी गरेका हुन् ।
यसैबीच भेनेजुयला सरकारले शुक्रबार राष्ट्रपतीय निर्वाचनका बिषयमा हस्तक्षेप गरेको भन्दै संयुक्त राज्य अमेरिकाको आलोचना गरेको छ ।
साथै भेनेजुयला सरकारले राष्ट्रपति निकोलास मडुरोलाई पुनः निर्वाचनमा जान पाउने बिषयमाथि समर्थन जनाएको छ ।
भेनेजुयलाको संसदका वरिष्ठ विधायक तथा राष्ट्रिय संविधान सभा (एएन्सी)का अध्यक्ष डेल्सी रोड्रिगेजले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बिहीबार भेनेजुयलामा सरकार परिवर्तनका लागि निरन्तर दवाव दिने भनी दिएको बिषयलाई आलोचना गरेका छन् ।
रोड्रिगेजले अमेरिकालाई भेनेजुयलाको सार्वभौम अधिकारको सम्मान गर्न आग्रह गरेका छन् । उनले भने, ”मुलुकको आन्तरिक राजनीतिमा अमेरिकाद्वारा निरन्तर हस्तक्षेप गर्दै प्रतिपक्षी तथा दक्षिणपन्थी दललाई लामो समयदेखि सहयोग पु¥याएकोप्रति भेनेजुयलाको असहमति रहेको छ ।”
शनिबार ट्वीट गर्दै पेट्रोलमाथि साम्राज्य जमाउदै आएको शक्तिले भेनेजुयलालाई निर्देशन दिन सम्भव नभएको भन्दै टिलरसनले ल्याटिन अमेरिकालाई संयुक्त राज्य अमेरिकाको पक्षमा नदेख्न उनलार्इ अाग्रह गरेका थिए । भेनेजुयलाका विदेश मन्त्री जर्ज अराएजाले पनि टिलरसनको भनाईले दक्षिण अमेरिकी मुलुकमा ‘सैनिक विद्रोह गर्न उत्तेजित’ गर्नेगरेको दावी गरे ।
मेक्सिको, कोलम्बिया र पेरु लगायतका ल्याटिन अमेरिकी मुलुकको भ्रमणमा रहेका टिलरसनले भेनेजुयलाको राजनीतिक सङ्कट समाधानका लागि वर्तमान् सरकार तगारो बनेको भन्दै मडुरोको दललाई समाधानका लागि तयार बन्न आग्रह गरेका थिए।







