
शान्तिवार्ताबाट भर्खरै युद्धविराम भंग भई युद्ध भड्किएको फिलिपिन्समा त्यहाँका माओवादीहरुले पुन शान्तिवार्ताका लागि आफ्ना फौजी कार्वाही केन्द्रीत गर्ने बताएको छ ।
फिलिपिन्स कम्युनिस्ट पार्टीको मोर्चा नेशनल डेमोक्रेटिक फ्रन्टका मुख्य सल्लाहकार जोसे मारियाले सिसोनले शान्तिवार्ता पुन शुरु गर्नका लागि फिलिपिन्सको माओवादीले आफ्ना सबै आक्रमण त्यहाँको सत्ताविरुद्ध केन्द्रीत गर्नु पर्ने बताएका छन् ।
त्यसका लागि सिसोनले फिलिपिन्स माओवादीको सेना न्यु पिपुल्स आर्मीलाई यस्तो आदेश दिएको बताइएको छ ।
रेडस्पार्क वेभसाइटमा प्रकाशित समाचारअनुसार सिसोनले माओवादी सेना बलियो अवस्थामा रहेको र उसले प्रत्येक महिनामा पाँच सयभन्दा बढी सरकारी सुरक्षाकर्मी समाप्त गर्न सक्ने दाबी गरेका छन् ।
हाल फिलिपिन्समा सरकारी सेना र माओवादी पार्टीको सेनाबीच शान्तिवार्ता भड्किएर गृहयुद्ध चर्किरहेको छ ।
७० काे दशकदेखि जारी फिलिपिन्सकाे माअाेवादी अान्दाेलन निकै लामाे अाराेह र अवराेव पार गर्दै यहाँ अाइपुगेकाे छ ।







