दक्षिण कोरियामा शीतकालीन ‌ओलिम्पिक्स शुरू हुने अघिल्लो दिन उत्तर कोरियाले ७०औं सैन्य परेड दिवस प्रदर्शन गर्ने भएको छ।

उत्तर काेरियाले आफ्नो सैन्य शक्ति ‘कोरियन पिपल्स आर्मी’ स्थापना गरेको उपलक्ष्यमा यस्ताे प्रदर्शन गर्न लागेकाे हाे ।

याे प्रर्दशनलार्इ अमेरिकाले विराेध गर्न खाेजेकाे भन्दै प्योङयाङले सैनिक परेडको आलोचना गर्ने अधिकार कसैलाई नरहेको बताएको छ।

उत्तर कोरियाको रोडोङ सिनमन भनिने अखबारले भनेको छ,”यो प्रचलन हो; सबै देशमा उसको सेना दिवस मनाउने चलन हुन्छ र त्यो गम्भीर रुपमा विशेष कार्यक्रम गरेरै मनाइन्छ।”

अमेरिकाले ध्यान परेडमा नभइ खेलमा हुनुपर्ने उत्तरले बताएको छ। विज्ञहरूका अनुसार सैनिक प्रदर्शनक्रममा प्योङयाङले उसको लामो दूरीको क्षेप्यास्त्र प्रदर्शन गर्न सक्छ।

कोरियन पीपल्स आर्मी सन् १९४८ फेब्रुअरी ८ मा स्थापना भएको थियो। पछि उत्तर कोरियाले उक्त दिवस एप्रिल २५ तारिखका दिन मनाउँदै आएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार