नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको आयोजनामा एन्ट्वेर्पेन शहरमा २३ औं नेपाली जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ ।

मोर्चाका अध्यक्ष मेख तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनयुद्धको उपलव्धी, त्यसले पाएको धक्का र फेरी पुनर्गठन हुंदै गरेको एकिकृत जनक्रान्तिको विषयमा चर्चा परिचर्चा भएको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपाली जनयुद्धको उद्धेश्य पुरा नभएकाले नेपाल स्वाधिन, स्वतन्त्र, समुन्नत हुन नसकेको र अबको क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा मोर्चाका उपाध्यक्ष रकेन्द्र घिमिरे, सल्लाहकार मणि कुमार राई, केन्द्रिय सदस्य मुना राई र मोर्चा युरोपका उपाध्यक्ष बदन योङ्गहाङ्गले मन्तव्य राख्नु भएको थियो । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा मोर्चाका केन्द्रिय सदस्य प्रदिप अधिकारीले ‘ज्युदो सपना’ शिर्षकमा निकै घटलाग्दो कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले राजनैतिक, सांगठनिक तथा अन्य विविध पक्षमा संगठनले गरेको प्रगति तथा योगदानको बारेमा चर्चा गरेका थिए ।

मोर्चाका महासचिव माकुना राइले संचालन गर्नुभएको उक्त कार्यक्रममा आगामी दिनमा संगठनले बेल्जियमको नेपाली समुदाय भित्र र अन्तरराष्ट्रिय जगतमा खेल्नु पर्ने भूमिकाको बारेमा ब्यापक छलफल भएको थियो ।

जनप्रगतिशीले मोर्चाले मनायो २३ औं जनयुद्ध दिवस ।

जनप्रगतिशीले मोर्चाले मनायो २३ औं जनयुद्ध दिवस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार