यूराेपमा रहेका विभिन्न राजनीतिक संघ संस्थाहरूले नेपालमा अाेली सरकारद्धारा नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तारूहकाे गिरफ्तारीकाे विराेध र भर्त्सना गरेकाे छ ।

नेपाली जनप्रगतिशील माेर्चा, यूराेप र त्यससँग सम्वन्ध यूराेपभरि रहेका संघ संस्थाहरूले अाजै एक प्रेस विज्ञेप्ती जारी गरेर अाेली सरकारकाे फासिवादी दमनकाे तीव्र रूपमा विराेध गर्दै गिरफ्तार नेता कार्यकर्ताहरूकाे रिहाइकाे माग समेत गरेका छन् ।

यूराेप माेर्चाका अध्यक्ष विष्णु भुजेल र यूराेपका विभिन्न देशमा रहेका माेर्चाका अध्यक्षहरूले संयुक्त विज्ञेप्ती जारी गरेर नेकपाका नेता र कार्यकर्ताहरूकाे गिरफ्तारीकाे रिहाइकाे माग गरेका हुन् ।

विज्ञेप्तीकाे पूरा पाठ :

नेपाली जनप्रगतिशील मोर्चा युरोपको प्रेस विज्ञप्ति

पुर्वघोषित शान्तिपुर्ण कार्यक्रममाथि प्रहरि हस्तक्षेप बन्द गर, गिरफ्तार नेता तथा कार्यकर्ताको तत्काल रिहा गर ।

नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुनु पुर्वनै प्रहरीले हस्तक्षेप गरेको छ । उक्त सभामा प्रमुख अतिथीको रुपमा सहभागी हुन आएका नेकपाका स्थाइसमिति सदस्य हेमन्त प्रकाश वली,पोलिटव्युरो सदस्य पदम राई,युवा संगठन सम्वद्ध २०० भन्दा वढी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । त्यस्तै गरि उक्त कार्यक्रममा सहभागी हुन आएका नेता तथा कार्यकर्ता चढेका दर्जनौ वसहरुलाई नियन्त्रणमा लिएको छ ।

यसरी पुर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरको छ । यसले यो सरकारको सामाजिक फासिवादी तथा दलाली चरित्रलाई छिट्ै उदाङ्गो पारेको छ । हाम्रो संगठन नेपाल सरकारलाई फासीवादी हर्कत तत्काल वन्द गर्न,जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न,मानव अधिकारको सम्मान गर्न र गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा जोडदार माग गर्दछ ।

विष्णु भुजेल, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, यूरोप

मेख तमु, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

शेर बहादुर तुम्बापो, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी

इन्द्र न्यौपाने, संयोजक नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल

इश्वर शर्मा, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा,स्पेन

सुवर्णबाबु सापकोटा, महासचिव, नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड

टिएन रिजाल, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, बेलायत

वदन योङ्गहाङ्ग, अध्यक्ष, नेपाली जनजाती सरोकार मन्च, बेल्जियम

१८ फेव्रुअरी २०१८

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार