दक्षिण कोरियामा जारी  शितकालीन  ओलम्पिकको  समापन समारोहमा उत्तर कोरियाकाे उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण काेरिया पुगेकाे छ ।

उक्त समापन समारोहका लागि दक्षिण कोरियाका तर्फबाट काेरियाली वर्कर पार्टीका भाइस चियरम्यान किम याेङ चाेलकाे नेतृत्वमा उच्चस्तरीय टाेली गइपुगकाे छ ।

यसैगरी अमेरिकी  राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले प्योङ्च्याङमा सहभागी हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेर दक्षिण काेरिया अाइपुगेकाे छ ।

ओलिम्पिककको  उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ अनकी बहिनी किम यो जोङ सहभागी भएकी थिइन् भने समापन समारोहमा समेत उच्च अधिकारीको सहभागितालाइ ओलम्पिक कुटनीतिको रुपमा व्याख्या गरिएको छ।

 

अाेलम्पिककाे उदघाटनमा उत्तर काेरियाली नेता किमकाे बहिनीले दक्षिण काेरियामा ठूलाे प्रभाव छाेडेकाे भन्दै यसपटक समापन समाराेहमा अमेरिकाले राष्ट्रपति छाेरी इभान्का ट्रम्पलार्इ दक्षिण काेरिया पठाएकाे बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार