विश्वकाे सबैभन्दा ठूलाे र शक्तिशाली सैन्य संरचना रहेकाे चीनले यसपाली वार्षिक सैन्य बजेटमा १ सय ७५ खर्बकाे घाेषणा गरेकाे छ ।

याे अमेरिकापछि सबैभन्दा ठूलाे अनुपातमा सैन्य बजेट हाे । राष्ट्रपतिले सी जिङपिङको प्रस्तावमा चीनले सैन्य बजेटमा बृद्धि गरेको हाे । नेशनल पिपुल्स कंग्रेसमा चिनियाँ प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा उक्त घोषणा गरेका छन् ।

अघिल्लाे वर्ष चीनकाे सैन्य बजेट १५० खर्बकाे थियाे । यसपाली चीनले २५ खर्ब बढीकाे बृद्धि गर्याे ।

अहिले विश्वमा सबैभन्दा ठूलाे सैन्य बजेट अमेरिकाकाे रहेकाे छ । उसकाे वार्षिक सैन्य बजेट झण्डै ६ सय खर्बकाे रहेकाे छ । याे चीनकाे भन्दा चार गुणा ठूलाे हाे ।

चीनपछि भारतकाे वार्षिक सैन्य बजेट ६६ खर्बकाे रहेकाे छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरिया प्रायदिपमा जारी द्वन्द्व र सीमा क्षेत्रमा भारतसँग भइरहेका सैन्य झडपलाई ध्यानमा राखेर चीनले सैन्य बजेटमा वृद्धि गरेकाे हाे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार