लामाे दुश्मनीमा रहेका अमेरिका र उत्तर काेरियाबीच अहिले वार्ताकाे ढाेका खुल्न थालेकाे छ । त्यसका लागि उत्तर कोरियाली विदेशमन्त्री री योङ हो बिहीबार स्वीडेन उडेका छन्।
उनी स्वीडेन लागेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनीबीचकाे हुने भेटकाे बन्दाेवस्त गरिनका लागि हुनेछ । संभवत त्यहीँ नै दुवै नेताबीच उच्चस्तरकाे भेट हुनसक्ने अनुमान गर्न थालिएको छ।
विदेशमन्त्री री बिहीबार बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका थिए। त्यसको केही समयपछि स्वीडिस विदेशमन्त्री स्टिफान लोभानले उनको भ्रमणको पुष्टि गरेका छन्।
उत्तर कोरियामा अमेरिकी दूतावास छैन। त्यसैले स्वीडेनले यी दुई देशबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ।
ट्रम्प र किमबीच भेट हुने स्थानका लागि डिमिलिटराइज्ड जोन, वाशिंगटन, प्योङयाङ, मंगोलियाको राजधानी उलान बटोर, स्वीट्जरल्याण्डसँगै स्वीडेनको पनि चर्चा चल्दै आएको थियो।
‘हामीले निश्चय नै सक्ने सहयोग गर्नेछौँ,’ स्वीडेनका विदेशमन्त्रीले भनेका छन्। एजेन्सी







