६५ वर्षपछि संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट भएकाे छ ।
निकै गाेप्य रूपमा दक्षिण काेरियाकाे उपस्थितिमा उत्तर काेरिया र अमेरिकी प्रतिनिधीहरूबीच भेट भएकाे हाे ।
युद्ध र धम्कीकाे बीचबाट गुज्रिएर उत्तर काेरिया र अमेरिका पहिलाेपटक प्रत्यक्ष वार्तामा सहभागी भएका हुन् । जुन वार्ताले उत्तर काेरियाका सर्वाेच्च नेता र अमेरिकी राष्ट्रपतिबीचकाे उच्चस्तरकाे वार्ताका लागि याे भेट गरिएकाे हाे ।
वार्तामा के कति सहमति भयाे भन्नेबारे अधिकारीहरूले थप कुरा बाहिर ल्याएका छैनन् ।
स्मरणरहाेस् याे वार्ताले उत्तर काेरिया र अमेरिकाबीचकाे लामाे समयदेखिकाे दुश्मनीपुर्ण सम्वन्धमा नयाँ क्रमभंग गरेकाे अन्तराष्ट्रिय विश्लेषकहरूले विश्लेषण गरेका छन् ।







