
अाफ्नाे बाैद्धिक सम्पति चाेरेकाे भन्दै अमेरिकाले चीनविरुद्ध नाकावन्दी लगाउने तयारी गरेको छ ।
अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ती चोरी गर्नेलाई बढावा दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकावन्दी लगाउने तयारी गरेको हो ।
सो मुद्दामा लामो समयदेखि छलफल भएपनि असफल भएकाले नाकावन्दी लगाउने तयारी गरिएको ट्रम्प प्रशासनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार ट्रम्प प्रशासनले सम्भवत आजै यसबारे घोषणा गर्नेछ । ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी गरे विश्वव्यापी रुपमै व्यापार युद्ध हुनसक्ने आशंका गरिएको छ ।
अमेरिकाको नयाँ घोषणामा करमा उच्च वृद्धि गर्ने, लगानीमा प्रतिबन्ध लगाउने, स्थानीय कम्पनीहरुसँग साझेदारीमा रोक लगाउने लगायत प्रतिबन्ध आउनसक्ने अमेरिकी एक अधिकारीले बताएका छन् ।
अमेरिकाले यस्ताे कदम चाले अमेरकालार्इ ठूलाे घाटा हुने विश्लेषकहरूकाे भनार्इ छ ।







