अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने निर्णय र अमेरिकामा चीनको लगानीलाई सीमित बनाउने निर्णयपछि चीन अमेरिकाप्रति थप अाक्राेशित भएकाे छ।

चीनमाथि बौद्धिक सम्पत्ती चोरी गरेको आरोप लगाउँदै आउको अमेरिकाले त्यसकै बदलामा यो निर्णय गरिएको जनाइएको छ।चीनको अर्थव्यवस्थाले दिइरहेको अनुचित प्रतिस्पर्धालाई चुनौती दिन यी कदमहरू आवश्यक रहेको ह्वाइट हाउसले जनाएको छ।

चीनले भने आवश्यक उपायहरूसहित त्यसको प्रतिकार गर्न आफू तयार भएको भन्दै प्रतिक्रिया दिएको छ। उसले आफ्नो हितका लागि अमेरिकासँगको कुनै पनि व्यापार युद्धमा अन्त्यसम्म लड्ने जनाएको हो।

राष्ट्रपति ट्रम्पले व्यापार सम्बन्धी कार्यालयलाई नयाँ करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरूको सूची प्रकाशित गर्न १५ दिनको समय दिएका छन्।

अबका दिनमा अमेरिका र चीनबीचकाे द्धन्द्धले अमेरिकालार्इ नै ठूलाे अार्थिक संकट अाउने विश्लेषकहरूले बताउन थालेका छन् ।

अमेरिका र चीनबीच वार्षिक झण्डै ६ सय बिलियन डलर बराबरकाे व्यापार सम्वन्ध छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार