
सन् १९६१ मा भोस्तोक वान अन्तरिक्षयानमा यात्रा गरेर युरी गगारिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बनेका थिए ।
उनलाई तत्कालीन सोभियत संघमा कम्युनिस्ट समाजवादी सत्ताले राष्ट्रिय नायकको रूपमा सम्मान गरेकाे थियाे। उनले पृथ्वीको कक्षमा घुम्दा पृथ्वीको सौन्दर्य देखेर आफू आश्चर्यचकित भएको बताएका थिए।
अन्तरक्षमा पुगेर फर्किएपछि उनलार्इ रूसी कम्युनिस्ट पार्टीले ‘तिम्राे अन्तिम इच्छा के छ ?’ भनेर साेधेकाे थियाे । उनले भने, मेराे एउटै लक्ष्य, कम्युनिस्ट पार्टीकाे सदस्य बन्ने हाे।’
चौतीस वर्षको उमेरमा एउटा प्रशिक्षण उडान दुर्घटनामा सन् १९६८ मा उनको निधन भएको थियो।
उनको निधन भएको पचास वर्ष पुगेको छ।
बीबीसी रिपोर्ट (भिडिओ)
<iframe width=”400″ height=”500″ frameborder=”0″ src=”http://www.bbc.com/nepali/news-43572719/embed”></iframe>







