कोरियाली प्रायद्धीपमा शान्तिको प्रयास भइरहेका बेला दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएपछि त्यसले उत्तर काेरियालार्इ तनाव सिर्जना गर्ने भएकाे छ।

उत्तर र दक्षिण कोरियाका साथै अमेरिकासँग पनि प्योङयाङले वार्ता गर्ने संकेत देखाएका बेला शुरुभएको यो सैन्य अभ्यासले शान्ति प्रक्रिया बिथोल्ने आशंका गरिएको छ ।

एजेन्सीहरुका अनुसार, सैन्य अभ्यासमा अमेरिकी सेनाको ठूलो उपस्थिति छ । सैन्य अभ्यासका कारण यसै महिनामा हुने भनिएको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने आशंका उठेको हो । उत्तर कोरियाले यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन । दुई कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ ।

सैन्य अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति रहेको छ भने त्यसैगरी अमेरिकाका ११ हजार ५०० सैनिक सहभागि छन् ।  दक्षिण कोरियाको रक्षामन्त्रालयले यस सैनिक अभ्यासलाई सामान्य, सानो संख्याको र देशबीचको नियमित प्रक्रिया भएको बताएको छ ।

यहाँ अत्याधुनिक हातहतियारका साथै सैन्य कलाहरुको पनि प्रदर्शन गरिने भएको छ । यस बारेमा दक्षिण कोरियाले थप जानकारी भने केही दिएको छैन । हालैका दिनहरुमा उत्तर कोरियाले आणविक अस्त्र उत्पादन र परीक्षणको काम बन्द गरेको छ ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग पनि शान्ति वार्ता गर्ने पहल थालेको छ । यसैका लागि गत बुधबारमात्र उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणबाट फर्केका थिए । उनले  अणुअस्त्र कार्यक्रम उत्पादान नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वार्ता गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार