चीनले विश्वमा चमत्कारै चमत्कार गरिरहेकाे छ । यसैक्रममा हालै उसले पहिलाे अन्तरिक्ष प्रयाेगशाला पृथ्वीकाे वायुमण्डलमा पठाएपछि अर्काे चमत्कार गरेकाे छ ।

पहिलो अन्तरिक्ष प्रयोगशाला ‘टियांगोङ १’ लार्इ चीनले पृथ्वीको वायुमण्डलमा पठाएकाे र त्याे प्रवेश गरेको बताइएकाे छ।

जलेको अवस्थामा रहेको उक्त अन्तरिक्ष प्रयोगशाला दक्षिणी प्रशान्त महासागरको बीचमा पर्ने आकासमा घुमिरहेको चाइना म्यान्ड स्पेस इन्जिनियरिङ अफिसले जनाएको छ।

चीनको महत्वाकांक्षी अन्तरिक्ष परियोजना ‘टियांगोङ १’ पृथ्वीको वायुमण्डलमा पुग्नासाथ बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनले यो प्रयोगशालामाथि यसअघि नै नियन्त्रण गुमाइसकेको थियो।

‘टियांगोङ १’ नामक यो स्याटेलाइट प्रोजेक्ट सन् २०११ सेप्टेम्बर २९ मा पृथ्वीको तल्लो कक्षमा राखिएको थियो।

यो घटनाले चीनको अन्तरिक्ष अनुसन्धान कार्यक्रमलाई धक्का लागेको उल्लेख गर्दै सीएनएन लेख्छ- यो चीनका लागि लज्जाको विषय हो तर यसले उसको प्रगतिमा ढिलाई भने गरेको छैन।

चीनले २०१६ सेप्टेम्बरमा दोस्रो अन्तरिक्ष प्रयोगशाला ‘टियांगोङ २’ लन्च गरिसकेको छ।

मानवसहितका अन्तरिक्षयानहरू मध्ये यो सबैभन्दा ठूलो रहेको समाचारमा उल्लेख छ। उक्त अन्तरिक्ष प्रयोगशाला मानवीय वादी रहेको पृथ्वीको जुनसुकै क्षेत्रमा खस्न सक्ने शंका समाचारहरूमा गरिएको छ।

अन्तरिक्षसम्बन्धी अन्तर्राष्ट्रिय संस्था नासाले सन् १९७९ मा पठाएको पहिलो अन्तरिक्ष स्टेसन स्काइल्याब पनि जलेर पृथ्वीमा खसेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार