
अमेरिकाले १०० भन्दा बढी मिसाइल आक्रमण गरेको सिरियाले दाबी गरेको छ। फ्रान्स र ब्रिटेनको सहायतामा अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेको हो।
शनिबार विहान ४ बजेदेखि अमेरिकी आक्रमणको सिरियाली सेनाले जवाफ दिइरहेको स्टेट टिभीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।
दमास्कस आसपासको क्षेत्रलाई आधार बनाएर अमेरिकाले आक्रमण गरिरहेको छ। सिरिया न्युज एजेन्सीका अनुसार अहिलेसम्म् ११० मिसाइल अमेरिकाले अाक्रमण गरेकाे छ ।
इस्टट टिभीका अनुसार अमेरिकाले दमास्कसको उत्तरमा रहेको वैज्ञानिक अनुसन्धान केन्द्रलाई लक्षित गरेर आक्रमण गरिरहेको छ।
सिरियाले रासायनिक हतियार प्रयोग गरेको भन्दै पश्चिमा शक्तिहरुले सो आक्रमण गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा गरेको सम्बोधनमा फ्रान्स र बेलायतको सेनासँग मिलेर संयुक्त आक्रमण चलिरहेको बताए।
उता सिरिया सरकारलाई सहयोग गर्दै अाएको रुसले पनि जवाफी कारवाही गर्ने बताएको छ । उसले पनि हवाइ हमलाको तयारी गरिरहेको बताइएको छ ।
अमेरिकाको अाक्रमणले विश्वयुद्ध निम्त्याउन सक्ने विश्लेषकहरूकाे राय छ ।







