उत्तर कोरियाका क्रान्तिकारी नेता किम इल सुङको जन्म दिवस अप्रिल १५ मा विश्वभर विभिन्न गतिविधि गरी मनाइएकाे छ । उत्तर कोरियाली जनताले यो दिनलाई सुर्य दिवसको रुपमा मनाउने गर्छन् ।

प्योङयाङ र अन्य प्रजग कोरियाली शहरमा किम इल संगको सम्मानमा निर्माण गरिएका विभिन्न स्मारकहरुमा पुगेर कोरियाली जनताले नेता किमप्रति श्रद्धा व्यक्त गरे ।

कुमसुसान सौर्य दरबार, किम इल संगको पार्थिव शरीर राखिएको जुछे पवित्र मन्दिरमा ठूलो संख्यामा प्रजग कोरियाली जनता जम्मा भएका थिए ।

मान्सु पहाडमा बनाइएको किम इल संग र किम जंग इलको स्मारकमा पनि मानिसहरुको ठूलो घुइँचो लागेको थियो ।

सुर्य दिवसको अवसर पारेर उत्तर कोरियामा विभिन्न सांस्कृतिक तथा खेलकुदका गतिविधि आयोजना गरिएको थियो ।

कोरियालीले मनाए किम इल संगको जन्म दिवस

कोरियालीले मनाए किम इल संगको जन्म दिवस

कोरियालीले मनाए किम इल संगको जन्म दिवस

कोरियालीले मनाए किम इल संगको जन्म दिवस

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार