सिरिया मामिलालाई लिएर अमेरिका र रुसबीचको द्वन्द्वले उग्ररुप लिँदै गएको छ। यी दुई देशबीचको झगडा तत्काल रोकिने अवस्था देखिएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार यदि अमेरिकाले सिरियामा फेरि कुनै सैन्य कारबाही गरेमा विश्वमै युद्धको अवस्था सुरु हुने चेतावनी दिएका छन् ।

डुमामा भएको रासायनिक हमलापछि शनिवार अमेरिका, फ्रान्स र ब्रिटेनले साझा सैन्य कारबाही गरेर सिरिया सरकारका तीन सैन्य इलामा बमबारी गरेका थिए ।

तर रुसले यो आक्रमणको यसअघि नै कडा शब्दमा निन्दा गर्दै पछि हट्न भनिसकेको छ । राष्ट्रपति पुटिनले भने पहिलो पटक मुख खोल्दै अमेरिकालाई सिरियामा अबको कारवाही गर्नेबारेमा चेतावनी दिएका हुन् ।

रूसका राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिँदै भन्नु भएको छ यदि संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन गर्दै यस किसिमको कारबाही भइरहन्छ भने निश्चितरुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति पैदा हुनेछ ।’

विज्ञप्तीमा पुटिन र इरानका राष्ट्रपति हसन रूहानीबीच फोनमा वार्ता भएको जनाउँदै दुवै ने‍तालले शनिवार सिरियामा भएको हमलापछि सिरिया संघर्षको राजनीतिक हलको सम्भावनालाई धेरै क्षति पुगेको उल्लेख गरिएको छ।

सिरियाको दमास्कर होम्समा सैन्य कारवाहीपछि अमेरिका अब दोस्रो बाटोबाट सिरियाका बसर अल असद सरकारमाथि दबाब बढाउने कोशिशमा छ ।

आइतवार संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले अमेरिका ती रूसी कम्पनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने तयारीमा जुटेको छ जुन सिरिया सरकारसँग जोडिएका छन् ।

अमेरिका, फ्रान्स र ब्रिटेनले शनिवार बिहान सिरियामा अलग-अलग सरकारी कार्यालमा बम हानेका थिए । सिरियामा हमलालाई लिएर रूस संयुक्त राष्ट्रस‌ंघबाट निन्दा प्रस्ताव पास गराउन असफल भएपनि अमेरिकाको यस कारवाहीलाई लिएर विरोध गरिरहेको छ।

अमेरिकाको टिभी च्यानल सीबीएसलाई दिएको एक अन्तर्वार्तामा निकी हेलीले अमेरिकाले सोमवार रुसी कम्पनीमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारीमा रहेको बताइन् ।

उनले सिरिया सरकारको कथित रासायनिक हमलामा उसको मद्दत गर्ने कम्पनीमाथि प्रतिबन्ध लगाउने उनले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार