उत्तर काेरिया दक्षिण काेरियाबीच शिखर बैठक पूर्व दक्षिण काेरियाले उत्तर काेरियाका नेता किम जाेङ उनलार्इ भव्य स्वागत गरेकाे छ । स्वागतपछि स्थानीय समयअनुसार शुक्रबार विहान ९ बजेबाट गैरसैनिक क्षेत्रको पिस हाउसमा बैठक सुरु भएकाे छ ।

उत्तर र दक्षिणको सीमा क्षेत्रमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रिपति मून जे इनबीच हात मिलाएका थिए । पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए, जहाँ उनलाई दक्षिण कोरियाका नेता मून जेइ इन कुरिरहेका थिए ।
भेटपछि दुबै नेताले उत्तर कोरियाका भूमिमा पाइला टेकेका थिए । दक्षिण कोरियाको सीमाभित्र बैठक स्थल तयार थियो । नेता किमलाई परम्परागत शैलीमा स्वागत गरिएको थियो । त्यसअघि सीमा क्षेत्रमै दुबै देशको राष्ट्रिय ज्ञान गाउँनुको साथै पराम्परागत संस्कृतिमा प्रदर्शनसहित एक अर्कालाई सम्मान गरिएको थियो ।
राष्ट्रपति मूनले किम जोङसँग भेट गर्न पाएको आफूलाई खुशी लागेको बताएका थिए । उनको चुनावी नारा नै उत्तरसँग वार्ता गर्ने भन्ने नै थियो । त्यही नारामा दक्षिण कोरियाका जनताले भारी मत दिएर बिजयी गराएका थिए ।
उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति बनेका छन् ।
भेटपछि दुबै नेताले छोटो प्रतिक्रिया दिएका थिए । उत्तर कोरियाका नेता उनले आजै शान्ति सम्झौता हुन सक्ने बताएका थिए । उनले शान्ति होस् भन्नेहरुको लागि नयाँ खबर हुन सक्ने बताए । त्यसैगरी दक्षिणका राष्ट्रपति मूनले नेता उनसँग भेट्न पाउँदा खुशी लागेको बताए ।
मूनले कोरियाली जनताको पक्षमा वार्ता हुने धारणा राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । दक्षिण कोरियाको सेनाले नेता उनलाई सलामी दिएको थियो ।
कोरिया विवादका जानकारहरु आजै कोरिया युद्धको औपचारिक अन्त्यको घोषणा हुने बताउँछन् । कोरिया युद्ध अहिलेसम्म अन्त्य भएको घोषणा भएको छैन ।







