उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । त्यसका लागि उसले अमेरिकी विज्ञलार्इ बाेलाएर राेक्ने भएकाे छ ।

मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

सो जानकारी उहाँले हालैमात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा दिनुभएको दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकार युन योङ चानले बताए ।

गत शुक्रबार भएको मुन र उनबीचको वार्ताका क्रममा कोरियाली नेता उनले सो जानकारी दिएकाे प्रवक्ता चानले जानकारी दिए ।

प्रवक्ता चानका अनुसार उत्तर कोरियाली नेता उनले मे महिनामा राकिने सो आणविक कार्यक्रमको पर्यवेक्षणका लागि उहाँले अमेरिकी विज्ञलाई पनि आमन्त्रण गरिने बताए ।

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग केही हप्तापछि वार्ता गर्ने भनी दिएको जानकारीसँगै दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबाट यो भनाइ आएको छ ।

उत्तरकाे याे निर्णयले काेरियाली प्रायदीपमा जारी संकटलार्इ समाधान दिने बताइएकाे छ ।

रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार