नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिशील मंचकाे सहभागितामा यूराेपमा  १२९ अाैं मर्इ दिवस भव्य रूपमा सम्पन्न गरिएकाे छ ।

यूराेपकाे बेल्जियममा वर्कस पार्टी बेल्जियकाे अायाेजनामा भएकाे मर्इ दिवसमा नेकपा निकट जनप्रगतिशी मंचका सयाैं नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।

पाँचदेखि ६ घण्टासम्म हिडेर हजाराै मजदुरहरूले र्याली निकालेर मर्इ दिवस मनाएका थिए ।

‘शान्ति, समानता, स्वाधिनता र समृद्धिकाे लागि वैज्ञानिक समाजवादकाे मार्गमा अघि बढाैं’ भन्ने मूल नारा लेखिएका व्यानर बाेकेर  सयाैं क्रान्तिकारी मजदुरहरू मर्इ दिवसमा सहभागी भए ।

ऱ्यालीमा मोर्चाले नेपालमा नेकपाका नेता तथा कार्यकर्तामाथिको दमन तथा धरपकड वन्द गर,शान्ति,समानता,सार्वभौमिकता तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको वाटोमा अगाडि वढौं भन्ने नारा सहितको व्यानर प्रदर्शन गरेको थियो ।

र्यालीलार्इ आयोजक वर्कर्स पार्टीका अध्यक्ष पिटर मेर्टेन्सले विशेष भाषण गरेका थिए ।

नेपालमा विप्लव नेतृत्वकाे नेकपाले मुख्य जाेड दिएर अगाडि सारेकाे वैज्ञानिक समाजवादकाे नारामा यूराेपका क्रान्तिकारी मजदुरहरू समेत अगाडि बढ्नु निकै खुशीकाे कुरा भएकाे नेकपाका एक नेताले बताए ।

‘अाजकाे विश्व र नेपालमा वैज्ञानिक समाजवाद बाहेक श्रमीक वर्गकाे मुक्तिकाे बाटाे अरू विकल्प छैन’ उनी भन्छन् ।

यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस

यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस

यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस

यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस

यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस

यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार