
वरिष्ठ वामपन्थी पत्रकार कृष्णज्वाला देवकाेटाले नेपाललगायत विश्वभरिमा कम्युनिस्ट वा वामपन्थी पार्टीहरूकाे क्रियाशिलता निकै ठूलाे संख्यामा रहेकाे तथ्यांक खुलासा गरेका छन् ।
उनले नयाँ पत्रिका दैनिकमा लामाे खाेजमुलक लेख लेख्दै भारतदेखि अमेरिकासम्ममा कम्युनिस्ट पार्टीकाे संख्या ठूलाे रहेकाे उल्लेख गरेका छन् ।
शुद्ध कम्युनिस्ट पार्टीदेखि संशाेधनवादी कम्युनिस्टसम्मकाे पार्टीलार्इ जाेडेर उनले संसारमा अाज पनि मार्क्सवादका अनुयायीहरू निकै बढेकाे बताएका छन् ।
देवकाेटालाे जारी गरेकाे तथ्यांककाे डाटा यस्ताे छ –
नेपालमात्र होइन, संसार नै कम्युनिस्ट पार्टीहरूका संख्यामा भने अत्यन्त धनी छ । भारतमा ४९ वटा कम्युनिस्ट पार्टी क्रियाशील छन्, खुमेनीको इरानमा समेत १६ वटा ‘सक्रिय’ कम्युनिस्ट पार्टी छन् । बेलायतमा आफूलाई माओवादी भन्ने पार्टीमात्र नौवटा छन्, अरू ‘संशोधनवादी’ थप्दा १७ पुग्छन् ।
इटालीमा ११ वटा कम्युनिस्ट पार्टी छन्, रुसमा १२, स्पेनमा २९, स्विडेनमा ४, टर्कीमा १९, अमेरिकामा १५, युक्रेनमा ७, इटालीमा १० र हंगेरीमा ५ । जापानमा ९, मेक्सिकोमा ६, प्यालेस्टाइनमा ५, पेरुमा ५, पोर्चुगल र बंगलादेशमा ९ कम्युनिस्ट पार्टीले क्रान्तिको प्रतीक्षा गरिरहेका छन् ।
ब्राजिलमा ४, क्यानडामा ५, ताइवानमा ४, कोलम्बिया र डोमेनिक रिपब्लिकमा ९ अनि इक्वेडरमा ६ वटा कम्युनिस्ट पार्टी मार्कसवादको सेवामा छन् ।







