भारतमा सशस्त्र माअाेवादी सेना र भारतीय सशस्त्र फाैजबीच भएकाे दाेहाेराे भिडन्तमा ७ जना सरकारी फाैजकाे मृत्यु भएकाे छ ।

भारतको छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लाको चोलनार भन्ने ठाउँमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको ल्यान्ड माइनमा परेर आज छत्तिसगढ सशस्त्र फौजका ५ जना र जिल्ला प्रहरी फोर्सका २ जनाको ठाउँको ठाउँ मृत्यु भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
माइनमा परेर गाडी हावामा उडेको र छापामारहरूले दुइटा एके–४७, दुइटा इन्सास र चारवटा अटोम्याटिक राइफल कब्जा गरेको र हेलिकप्टरबाट उचारका लागि रायपुर लगेका जवानको स्थिति नाजुक रहेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ । अपरेसनमा हिँडेका फोर्सका लागि सामग्री बोकेर गएको ट्रकको सुरक्षाका लागि स्कर्टिङमा गएको जिप एम्बुसमा परेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
यही २२ तारिखमा छत्तिसगढ राज्यका मुख्य मन्त्रीको त्यस क्षेत्रमा भ्रमण हुन लागेको बेलामा भएको यस घटनापछि राज्य सरकारले हेलिकप्टरबाट त्यस क्षेत्रमा थप फोर्स पठाएको कुरा पनि समाचारमा जनाइएको छ ।
जनमेलबाट ।







