उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा सिंगापुर वार्ता रद्द गरेकोमा दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले ट्रम्पको यो निर्णय विश्व समुदायको इच्छाविपरित भएको प्रतिक्रिया दिएको छ ।

आगामी १२ जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच वार्ता हुने तय भएको थियो । तर, ट्रम्पले सो वार्ता बिहीबार रद्द गरेका थिए ।

उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार किम जोङ्ग उनले ट्रम्पसँग वार्ता गर्न निकै प्रयास गरेका थिए तर, ट्रम्पको फैसलाले निराश बनाएको छ ।

उत्तर कोरियाले अमेरिकासँग सम्बन्धित मुद्दाहरुलाई ‘जहिले पनि जसरी भए पनि’ समाधान गर्न चाहेको पनि बताएको छ ।

सोही सहमतिअनुसार परमाणु केन्द्र नष्ट गरेको उत्तर कोरियाको भनाइ छ । तर, दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेपछि भने उत्तर कोरिया रुष्ट थियो ।

यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले पनि वार्ता रद्द गरिएको प्रति खेद व्यक्त गरेका छन् । उनले सुरक्षा सहयोगीहरुसँग आपतकालीन बैठकसमेत आह्वान गरेका छन् ।

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पका विरोधीहरुले भने वार्ता रद्द गर्नु उचित नभएको भन्दै आलोचना गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार