भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको भारतका ६ ओटा राज्य बन्दको  पूर्वसन्ध्यामा हिजो माओवादी छापामारले राखेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा हिजो २०६ कोब्रा बटालियनका एक जना सब इन्सपेक्टरको मृत्यु भएको छ।

साेही एम्बुमापरी अर्का एक जना  मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अप्रिल २३ र२४ मा महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा भएको नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आज ६ ओटा राज्य बन्दको घोषणा गरेको छ ।

यसैबीच आजको बन्दको सिलसिलामा माओवादी छापामारहरूले छत्तिसगढ राज्यको कङ्कड जिल्लाको टकोडीस्थित भारतीय जनता पार्टीका बिधायक उसेंडीको फर्महाउसलाई बमले  उडाइदिएका छन् । माओवादीहरूलाई कसरी समाप्त पार्न सकिन्छ भन्दै  छत्तिसगढका मुख्यमन्त्रीले  कहिले विकासका नाममा र कहिले शान्तिका नाममा “विकास यात्रा” चलाएको र त्यसैक्रममा सो क्षेत्रको यात्रा तय गरिएको बेला सो विष्फोट भएको हो ।

आदिवासीका विरुद्ध आदिवासीको प्रयोग गर्ने र माओवादीहरू  सिध्याउने उदेश्यका साथ् “बस्तरिया डिभिजन” बनाएका  छत्तिसगढका मुख्यमन्त्री रमण सिंहले राज्यमा उल्टै जातीय द्वन्द्व बढाउने काम गरेको भनेर उनको आलोचना र निन्दा हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार