नेपालका जनताहरू चरम अभाव र गरिबीमा बाँचिरहेका बेला राजनीतिक दलका नेताहरू भने अर्बाैका मालिक बनेकाे एउटा सनसनी रिपाेर्ट फेला परेकाे छ ।

नेपाली कांग्रेस, पूर्व एमाले र पूर्व माअाेवादी केन्द्रका मुख्य नेताहरू अर्बाैकाे मालिक बनेकाे सनसनीपूर्ण रिपाेर्ट फेला परेपछि ती पार्टीका नेताहरू तनवामा परेका छन् ।
नेपाली सेनाले लामाे समय अध्ययन र अनुसन्धान गरेर तयार पारेकाे साे प्रतिवेदनमा कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व एमाले अध्यक्ष केपी अाेली र पूर्व माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अर्बाैकाे सम्पति रहेकाे देखाइएकाे छ ।
बाहिर सार्वजनिक भइनसकेकाे तर गाेप्य रूपमा तयार पारिएकाे नेपाली सेनाकाे साे प्रतिवेदनअनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग ४५ अर्ब, दश वर्षे जनयुद्ध लडेर सर्वहारा नेताका रूपमा चिनिने प्रचण्डसँग २५ अर्ब र केपी अाेलीसँग १५ अर्ब भन्दा बढी रकम रहेकाे छ ।
नेपाली सेनाले साे तथ्यलार्इ बाहिर सार्वजनिक नगर्ने बुझिएकाे छ । किनकि उनिहरू यही पूरानाे सत्ताकाे संरचनामा बसेर भित्रका कुरा बाहिर सार्वजनिक गर्न नमिल्ने भएकाेले त्याे रिपाेर्ट बाहिर नल्याएकाे हाे ।
यत्राे रकम यी नेताहरूले कसरी जम्मा गरे भन्ने रहस्य भने अझै खुलिसकेकाे छैन । तर प्रारम्भिक अध्ययनअनुसार संसदीय व्यवस्थामा धेरै पटक सत्तामा रहँदा यी दलका नेताहरूले सत्ताभित्र रहेकाे अथाह स्राेत र साधनमा गरेकाे लुट र भ्रष्टचार गरेकाे बुझिएकाे छ ।
बहदलीय संसदीय व्यवस्था स्थापनापछि शेर बहादुर देउवा अहिलेसम्म ४ पटक प्रधानमन्त्री र अरू कयाैं पटक पावरफुल मन्त्री बनेका थिए । त्यसैेगरी केपी शर्मा अाेली दुर्इपटक प्रधानमन्त्री र कयाैंपटक गृहमन्त्री बनेका थिए। जनयुद्धबाट अाएका प्रचण्ड पनि दुर्इपटक प्रधानमन्त्री बनेका थिए ।
यसरी देशकाे मुख्य नेतृत्व चलाउने ठाउँमा पुगेका यी नेताहरूले देशकाे अर्बाै रकम भ्रष्टचार गरेर रकम जम्मा गरेकाे विश्लेषण गरिएकाे छ ।अझ दश वर्षे जनयुद्ध लडेर अाएका प्रचण्डले जनसेनाकाे अस्थायी शिविरबाट अर्बाै भ्रष्टचार गरेकाे रिपाेर्ट यसअघि बाहिर अाइसकेकाे थियाे ।
यसरी विद्यमान संसदीय व्यवस्थामा संसदीय दलनका नेताहरू माेटाउने र जनता दिनप्रतिदिन गरिबी र अभावमा बाँचिरहनु पर्ने भएपछि नेपाली जनताले याे व्यवस्थाकाे विकल्प खाेज्न थालेका छन् ।







