केही समयअघि सिंगापुरमा किम जाेङ उनकाे ट्रम्पसँग भएकाे भएकाे शिखर वार्तालार्इ उत्तर काेरियाले शताव्दीकै महत्वपूर्ण घटनाकाे रूपमा लिएकाे छ ।

उत्तर काेरियाले अमेरिकासँगकाे वार्तालार्इ अाफ्नाे एेतिहासिक जितकाे संज्ञा समेत दिएकाे छ । साथै उत्तर काेरियाले अाफ्ना निकट मिडियाहरू सिंगापुर वार्तालार्इ ठूलाे उपलव्धिकाे रूपमा लिएकाे भन्दै एउटा लामाे डकुमेन्ट्री भिडियाे समेत सार्वजनिक गरेकाे छ ।

उत्तर काेरियाका सर्वाेच्च नेता किम जाेङ उनले देश छाडेदेखि एयर चाइनकाे विमान सिंगापुर डिपार्चरहुँदै अराइभलसम्मका भिडियाेमा कैद गरिएकाे छ । त्यसैगरी सिंगापुरका प्रधानन्त्रीहुँदै अमेरिकी राष्ट्रपतिसँगकाे भेटघाटका महत्वपूर्ण क्षणलार्इ भिडियाेमा सार्वजनिक गरिएकाे छ ।

सिंगापुर वार्तालार्इ शताव्दीकै महत्वपूर्ण वार्ताा भन्दै उत्तर काेरियाले अाफुहरूले विश्वलार्इ नयाँ सन्देश दिएकाे बताएकाे छ ।

ट्रम्प र किमबीच भएकाे सहमतिका चार बुँदा यस्ता छन् –

१. अमेरिका र उत्तर कोरियाले दुई देशका जनताको चाहनाअनुरुप शान्ति र समृद्धिका लागि नयाँ अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापनाको प्रतिबद्धता गरिन्छ।

२. अमेरिका र उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी र मजबुत शान्तिपूर्ण शासन व्यवस्था निर्माणको प्रयासमा सामेल हुनेछन्।

३. २७ अप्रिल २०१८ को पान्मुन्जोम घोषणाप्रति प्रतिबद्ध रहँदै उत्तर कोरिया कोरियाली प्रायद्वीपको पूर्ण रुपमा आणविक निशस्त्रीकरणतर्फ कार्य गर्ने प्रतिबद्धता गर्दछ।

४. अमेरिका र उत्तर कोरिया युद्धबन्दी रिहा गर्ने प्रतिबद्धता गर्दछन्। यसअघि नै पहिचान भइसकेका त्यस्ता बन्दीलाई तत्काल स्वदेश पठाइनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार