मेक्सिकाेमा भएकाे राष्ट्रपतिय निर्वाचनमा वामपन्थी उम्मेदवार आन्ड्रेस म्यानुएल लोपेस ‌ओब्राडोर विजयी भएका छन् । जितपछि अाेब्राडाेरले देशमा अब “गहन परिवर्तन” हुने बताएका छन्।

आम्लो उपनामबाट पनि परिचित मेक्सिको सिटीका पूर्वमेयर ले ओब्राडोरले झन्डै ५३ प्रतिशत मत ल्याएको ठानिएको छ। प्रमुख पार्टीहरूका उनका प्रतिद्वन्द्वीहरूले आफ्नो हार स्वीकार गरेका छन्।

उनको मुख्य प्रतिबद्धता भनेको भ्रष्टाचारलाई नियन्त्रण गर्नु रहेको छ। लोपेस ओब्राडोर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कट्टर आलोचक थिए र अब उनले अमेरिकासँग कस्तो सम्बन्ध राख्छन् भन्नेबारे गहिरो चासो व्यक्त भइरहेको छ।

म्पले व्यापार र आप्रवासनसम्बन्धी मुद्दामा मेक्सिकोको चर्को आलोचना गरेपछि वाशिङ्टनसँगको उक्त देशको सम्बन्ध तनावग्रस्त छ।

जितपछि ‌ओब्राडोरलाई अमेरिकी राष्ट्रपत‌ि ट्रम्पले एउटा ट्वीटमार्फत् बधाई दिएका छन्। आइतवार अबेरतिर बोल्दै ६४ वर्षीय ओब्राडोरले नागरिक स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले खुला वा गोप्य रूपमा कुनै पनि प्रकारको निरङ्कुशता लाद्न नखोज्ने पन‌ि उल्लेख गरेका थिए।

केही विपक्षीहरूले उनको वामपन्थी र लोकप्रियतावादी नीतिले पहिले नै सुस्त अर्थव्यवस्थालाई क्षति पुग्न सक्ने र मेक्सिकोलाई ‘अर्को भेनेजुएला’मा परिवर्तन गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यसलाई उनले सामाजिक र आर्थिक असमानताको मुख्य कारण बताए। “हाम्रो देशमा हिंसा हुनुको कारण पनि भ्रष्टाचार हो,” उनले भने। उनले भ्रष्टाचारमा संलग्न हुने कसैलाई नछाडिने बताए।

मेक्सिकोमा भएको हिंसाका घटनासँग जुध्न लोपेस ओब्राडोरले सुरक्षा क्याबिनेटले सधैँ बैठक गर्ने र एकीकृत आदेशअन्तर्गत त्यो परिचालित हुने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार