भारतमा सशस्त्र माअाेवादीहरू हार र जितकाे अाराेह अवराेहबीच झन् बलियाे बन्दै गाएकाे सरकारी एक रिपाेर्टले जनाएकाे छ ।

भारतबाट संचालित एक लाइभमिन्ट अनलाइनले भारतीय प्रहरीलार्इ उदृत गर्दै यस्ताे खबर बाहिर ल्याएकाे हाे ।

भारतकाे केरला र कर्नाटक पुलिसका साथै गुप्तचर विभागले निकालेकाे एक रिपाेर्टमा याे क्षेत्रमा भारतीय माअाेवादीहरू फेरि नयाँ शिराबाट बलियाे भनेर उपस्थित भएकाे देखाएकाे छ । याे पछिल्लाे रिपार्टले सरकारकाे माअाेवादी सिध्याउने प्रयासमा ठूलाे झट्का निम्ताएकाे अनुभूति समेत गरिएकाे छ ।

सन् २००५ मा यही क्षेत्रमा भारतीय माअाेवादी कार्यकर्ताहरूकाे हत्यापछि शुन्यप्राय रहेकाे याे क्षेत्रमा अहिले माअाेवादीहरू बलियाे बन्न पुगेका छन् । केरला र कर्णाटक पुलिस र गुप्तचर विभागले दिएकाे रिपाेर्टअनुसार यस्ताे समाचार अाएकाे हाे ।

भारतीय प्रहरी र गुप्चतर संस्थाका अनुसार भारतीय माअाेवादीहरू अाफ्ना लडाकुहरूलार्इ राजनीतिक र सैन्य तयारीमा लागेकाे र त्यसले उनीहरूमा उच्च मनाेबल बनाउनेतिर केन्द्रीत छन् ।

यसैबीच भारतकाे झारखण्डमा भारतीय माअाेवादी र सरकारी सशस्त्र फाैजबीच भएकाे दाेहाेराे भिडन्तमा एक सरकारी सैनिककाे घटनास्थलमा मृत्यु भएकाे छ ।

सरकारी अधिकारीहरूका अनुसार बुधबार सेन्ट्रल रिजर्व पुलिस फाेर्सकाका एक सिपाहीकाे घटनास्थलमा मृत्यु भएकाे हाे । यसबारे थप जानकारी अाइनसकेकाे समाचार एजेन्सीहरले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार