भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसितको भिडन्तमा भारतीय सीमा सुरक्षा बल ११४ बटालियनका दुई जना जवानको मृत्यु भएको छ ।

जनमेल समाचारले जनाएअनुसार दाेहाेराे भिडन्तमा एक जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमअनुसार जुलाई १५ तारिखका दिन बिहान ३.४५ बजे छत्तीसगढ राज्यको कङ्कण जिल्लाको विएसएफ क्याम्प नजिकको महला क्षेत्रमा भएको दोहोरो भिडन्तमा सो घटना भएको थियो ।
हिजो शनिवार मात्रै पनि सोही जिल्लामा माओवादी छापामारसितको भिडन्तमा २ जना भारतीय सीमा सुरक्षा बलका सदस्यहरूको मृत्यु भएको थियो ।
भारतमा हालसालै मात्र माअाेवादीहरूले अाफ्नाे राजनीतिक क्षेत्रका साथै फाैजीलगायत सबै क्षेत्रमा अाफुलार्इ बलियाे बनाएर लगेकाे बुझिएकाे छ । त्यही क्रमकाे सिलसिलामा यस्ताे घटना घटेकाे हाे ।
यसैबीच भारतमा सशस्त्र माअाेवादीहरू हार र जितकाे अाराेह अवराेहबीच झन् बलियाे बन्दै गाएकाे सरकारी एक रिपाेर्टले जनाएकाे छ । भारतबाट संचालित एक लाइभमिन्ट अनलाइनले भारतीय प्रहरीलार्इ उदृत गर्दै यस्ताे खबर बाहिर ल्याएकाे हाे ।
भारतकाे केरला र कर्नाटक पुलिसका साथै गुप्तचर विभागले निकालेकाे एक रिपाेर्टमा याे क्षेत्रमा भारतीय माअाेवादीहरू फेरि नयाँ शिराबाट बलियाे भनेर उपस्थित भएकाे देखाएकाे छ ।
याे पछिल्लाे रिपार्टले सरकारकाे माअाेवादी सिध्याउने प्रयासमा ठूलाे झट्का निम्ताएकाे अनुभूति समेत गरिएकाे छ ।
भारतीय प्रहरी र गुप्चतर संस्थाका अनुसार भारतीय माअाेवादीहरू अाफ्ना लडाकुहरूलार्इ राजनीतिक र सैन्य तयारीमा लागेकाे र त्यसले उनीहरूमा उच्च मनाेबल बनाउनेतिर केन्द्रीत छन् ।







