तीव्र गतिमा अार्थिक उचार्इ हासिल गर्दै अगाडि बढेकाे चीनले याे वर्षकाे ६ महिनाभित्र ६.८ प्रतिशतकाे रूपमा कुल घरेलु उत्पादन गरेकाे छ ।

चीनले याे ६ महिनाभित्र ४१.९० ट्रिलियन युअान अर्थात ६.२७ ट्रिलियन अमेरिकी डलर पैसा संकलन गरेकाे छ । चिनियाँ सरकारकाे अाधिकारिक न्युज एजेन्सी सिन्हवाले सरकारी अधिकारीलार्इ उदृत गर्दै समाचार लेखेकाे छ ।

साेमबार चिनियाँ राष्ट्रिय तथ्यांक व्युराेले जारी गरेकाे रिपाेर्टमा चीनले तीव्र गतिमा अार्थिक बृद्धि गरेकाे हाे ।

अमेरिकासँग व्यापार युद्धकाे धम्की चलिरहँदा त्यसले केही महिनायतादेखि चिनियाँ उद्याेग र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अाकलनका बीच चीनले पूरानै गतिमा अार्थिक गति हासिल गरेकाे छ ।

पछिल्लाे समयमा अमेरिकासँग चीनकाे व्यापारिक युद्ध चर्किने भएपछि विश्व अर्थतन्त्रमा समेत ठूलाे असर पुग्ने विश्लेषण गर्न थालेकाे छ ।

अमेरिका अार्थिक अातंकवाद लादेर विश्वमा अनावश्यक संकट निम्ताउन खाेजेकाे भन्दै त्यसका लागि चीनले दीर्घकालीन अार्थिक युद्धका लागि अाफुहरू तयार रहेकाे चेतावनी दिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार