फिलिपिन्समा सशस्त्र सरकारी सेना र सशस्त्र माअाेवादी सेनाबीच भएकाे पछिल्लाे भिडन्तमा ३ सरकारी सैनिककाे घटनास्थलमै मृत्यु भएकाे छ भने ४ सशस्त्र सेना घाइते भएका छन् ।

फिलिपिन्सकाे उत्तरी लुजाेन कमाण्ड रहेकाे कार्डिलेरामा भएकाे साे भिडन्तमा माअाेवादी सशस्त्र विद्राेहीकाे अाक्रमणमा तीन सरकारी सेनाकाे मृत्यु भएकाे हाे ।

फिलिपिन्स माअाेवादीकाे अाफ्नै अाधिकारिक वेभसाइटलार्इ उदृत गर्दै रेड स्पार्क वेभसाइटले याे समाचार लेखेकाे छ ।

सरकारी सशस्त्र सेनाकाे उत्तरी लुजाेन कमाण्डकाे हेडक्वाटर (नाेल्काेम) का अनुसार १५ जुलाइमा भएकाे माउन्टेन प्रान्तकाे टैटबाेन, बेसअाे र सैटिअाे दंडनाक क्षेत्रलार्इ अाधार बनाएर बसेकाे सरकारी ८१ अाैं बटालियनमाथि माअाेवादीहरूले अाक्रमण गरेका हुन् ।

नोलकॉमका प्रवक्ता लेफ्टिनेंट कर्नल इसागनी नाटोका अनुसार त्यहाँ तीन घंटा दाेहाेराे भिडन्त भएकाे थियाे । भिडन्तमा तीन सैनिककाे मृत्यु हुनुका साथै दुर्इ सैनिक घाइते भएका थिए ।

साेही भिडन्तमा सशस्त्र सेनाबाट माअाेवादी विद्राेहीहरूले ३ स्क्वाड स्वचालित हतियार (एसएडब्ल्यू), दुर्इ आर ४ राइफल्स, एक एम २०३ ग्रेनेड लॉन्चर र एक हैंडहेल्ड हैरिस रेडियो पनि कब्जा गरेका थिए ।

झण्डै पचास वर्षदेखि जारी फिलिपिन्सकाे माअाेवादी अान्दाेलन वार्ता र युद्धकाे क्रमबाट गुर्जेरअगाडि बढेकाे अान्दाेलन हाे । सन् १९६९ देखि सशस्त्र संघर्षकाे बाटाे राेजेकाे माअाेवादी अान्दाेलनले निकै लामाे अाराेह र अवराेह पार गर्दै यहाँसम्म अाएकाे छ ।

६ महिनाअघिसम्म सरकारसँग शान्तिवार्तामा रहँदा सरकार वार्ताप्रति गंभीर नबनेकाे भन्दै माअाेवादीहरूले सशस्त्र संघर्यकाे बाटाे समाएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार