
भारतमा सशस्त्र माअाेवादी अान्दाेलनले नयाँ गति लिइरहेका बेला जनयुद्धले फेरि अर्काे सफलता हात पारेकाे भारतकाे एक समाचार माध्यमले खुलासा गरेकाे छ । केन्द्र सरकारलार्इ हवाला दिदै साे मिडियाले यस्ताे खुलासा गरेकाे हाे ।
डेलीपायनर अनलाइनका अनुसार केन्द्र सरकारले भारतस्थित अंगुल र बौद्ध नाम गरेका जिल्लालार्इ माअाेवादीहरूले एकसाथ जाेडेर अाफ्नाे प्रभावलार्इ थप विस्तार गरिरहेका छन् । जहाँ यी क्षेत्रमा माओवादीका प्रभाव निकै बढेर गएकाे सरकारले बताएकाे छ ।
माओवादीहरू छत्तीसगढ़देखि अगाडि बढिरहेका छन् । अनि नूपाडा र कालाहांडीका सीमावर्ती हुँदै ओडिशामा प्रवेश गरिरहेका छन् । यहीबाट उनीहरूले अंगुल, बौध जिल्लालार्इ अाधार बनाएर अगाडि बढेकाे सरकारी अधिकारीहरूले बताएका छन् ।
‘यसरी अगाडि बढ्ने क्रममा उनीहरूले नयाँ नयाँ इलाकाहरूलार्इ नयाँ लाल इलाकामा बदलिरहेका छन् ।’ एक सरकारी अधिकारीले बताएका छन् ।
विशेष सुत्रहरूले बताएअनुसार भारतीय माअाेवादीहरूले हालै अाठ नयाँ जिल्लाहरूलार्इ माअाेवादी प्रभावित क्षत्रेमा जाेडेका छन् । त्यसमा मुख्यत अाेडिशा, केरलासहित तीन जिल्ला रहेका छन् ।
सन् ७० काे दशकदेखि शुरू भएकाे माअाेवादी अान्दाेलन, त्यसकाे जग नक्सवारी अान्दाेलन हाे । त्यही नक्सवाडीहुँदै सशस्त्र माअाेवादी जनयुद्ध अहिले अाउँदा विभिन्न अाराेह र अवराेह पार गरेर यहाँसम्म अाइपुगेकाे छ ।
अहिले पनि भारतमा माअाेवादी जनयुद्धले ठूलाे भूभागमा अाफ्नाे प्रभाव कायम गर्न सफल भएकाे छ ।







